दफा २६
बन्दीलाई काममा लगाउन सकिने
(१) प्रचलित कानून बमोजिम अनुमति प्राप्त गरी कारागार परिसरमा कुनै कारखाना स्थापना भएकोमा त्यस्तो कारखानामा काम गर्न इच्छुक बन्दीलाई काममा लगाउन सकिनेछ।
(२) उपदफा (१) बमोजिम कुनै बन्दीले काम गरे बापत योगदानको आधारमा नेपाल सरकारले निर्धारण गरे बमोजिमको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तोकिए बमोजिमको पारिश्रमिक दिनु पर्नेछ।
तर आंशिक समय काम गर्ने बन्दीलाई योगदानको आधारमा तोकिए बमोजिमको पारिश्रमिक दिनु पर्नेछ।